३ श्रावण २०८३, आईतवार

 

हस्त केसी र धना सुनारकाे ‘काफलु दाना ‘

धेरै गीतकाे गायन , निर्देशन र अभिनय गरेका हस्त केसीले पहिलाे पटक धना सुनारसंग काफलु दाना गीतमा देखा परेका छन ।

गीति क्यासेटकाे विमाेचन प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले गरेका हुन । पेशाले सुन व्यवसायी धना सुनारकाे अभिनय र स्वर रहेकाे म्युजिक भिडियाे हाे ।  प्रलाद सुवेदीकाे शव्द रहेकाे झाउरे लयकाे गीतकाे शिरकान्त सिग्देलकाे छायांकन र सगुन सिग्देलले सम्पादन गरेका हुन । राेमन धमालकाे नृत्य निर्देशन रहेकाे गीतकाे छायांकन लेखानीमा भएकाे थियाे ।

हस्त केसीकाे स्वर  , अभिनय र निर्देशन रहेकाे छ । पौराणिक  सास्कृतिक लाेक परम्पराकाे झझल्को दिने यस म्युजिक भिडियाेले राम्रो बजार पाउने गीतका समिक्षक नेपाल पत्रकार महासंघ बागलुङ अध्यक्ष दिल शिरिषले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले काफल दाना गीतकाे राम्रो छायांकन भएकाे ,लय र संगीत पनि र श्वर पनि मिथास भएकाेले यस गीतले राम्रो बजार पाउने बताए ।

  सन्तुलित साप्ताहिकले अायाेजना गरेकाे कार्यक्रममा राष्ट्रिय लाेक दाेहरी प्रतिष्ठानकाे अंचल उपाध्यक्ष रेनु केसी, अाेम सुनार ,युवा नेता नरेश केसी र लालबहादुर थापाले बाेलेका थिए । तारा शर्माले स्वागत गरेकाे र संचालन राम थापा अविरलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung