चर्चित लोक तथा दोहोरी गायक बसन्त थापाले एक पछि अर्को सांगितिक कोशेली प्रस्तुत गर्ने क्रममा गायिका शर्मिला विश्वकर्माको प्रस्तुतिमा आज सँगै गीती एल्बम बजारमा ल्याएका छन ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा विं.सं २०४१ साल चैत १४ गते जन्मेका थापाले आफनो सांगितिक यात्रालाई निरन्तरता दिने क्रममा यो गीत बजारमा ल्याएका हन् ।
प्राय मौलिक गीतहरु सिर्जना गर्ने गायक थापाले यस पटक बसमा यात्रा गर्ने क्रममा नबोली नबोली माया बसेको सन्दर्भ गीत मार्फत प्रश्तुत गरेका छन् । वि.सं २०५९ सालमा निलो फेवा ताल नामक गीती एल्वमबाट आफनो सांगितिक यात्रा प्रारम्भ गरेका थापाले अझै कन्य हो, लगनको महिनाले, वारी घुम्टे पारी गाजा, बागलुङ बजारमा बाघको शालिक, तीजको गीत सेल्फी, विभिन्न सालैजो, पञ्चेबाजा, दोहोरी एकल गरि धेरै गीत संगीतमा लय शब्द र स्वर दिएका छन ।
आफ्ना प्राय गीतहरुले विभिन्न विधामा अवार्ड समेत प्राप्त गरेका गायक थापाले बताए । लोकगीत र मौलिक संस्कृतिको उर्बर भूमि मानिने बागलुङको गलकोट क्षेत्रमा जन्मिएकोले आफू लोकगीत संगीतमै आकर्षण बनि निरन्तर संगीत साधनामै व्यस्त रहेको बताउककछन ।
बुधबार रिलिज गरिएको गीत ‘आज सँगै कहाँ हो कहाँ भोली, बस्यो माया नबोली नबोली’ गीतमा लय शब्द बसन्त थापाको रहेको छ भनें स्वर बसन्त थापा र शर्मिला विश्वकर्माको रहेको छ ।
क्रान्ति केसीले निर्देशन गरेको यस गीतलाई अभ्यास डिजिटल प्रालि काठमाण्डौले बजारमा ल्याएको हो ।
अभिनय चाहिँ चर्चित मोडल दुर्गेश थापा र सगुन शाहीको छ । गीतको भिडियो बागलुङको रामरेखा र काठमाण्डौमा गरिएको हो ।













































































































































































































