७ जेष्ठ २०८१, सोमबार

 

दलित बालबालिकालाई रोटरी क्लवद्वारा खुट्टामा जुत्ता

- विद्यालय सुधारमा थप सक्रिय हुन शिजिअ मिश्रको आग्रह

विपन्न परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच अभिवृद्धि गर्न सहयोग पु¥याउने उदेश्यले गलकोट नगरपालिका मल्मको एक विद्यालयका वालवालिकालाई झोला, शैक्षिक सामग्री र जुत्ता प्रदान गरिएको छ ।

बालबालिकालाई सामग्री वितरण गर्दै रोटरी क्लव अफ बागलुङका अध्यक्ष नेत्र न्यौपाने र गलकोट नगरपालिका–७ का अध्यक्ष टिकाबहादुर थापा

आर्थिक अबस्था कमजोर भएका दलित समुदायको बसोवास रहेको र उनिहरुकै वालबालिकाले अध्ययन गर्ने गलकोट नगरको वडा नम्बर–७ मा रहेको सिरबारे प्राथमिक विद्यालयका ३० जना वालबालिकालाई यि सामग्री प्रदान गरिएको हो ।

रोटरी क्लवको खुट्टामा जुत्ता कार्यक्रम अन्तरगत उनीहरुलाई जुत्ता प्रदान गरिएको क्लवले जनाएको छ ।

रोटरी क्लव अफ बागलुङको सहयोग र नयाँविश्व डटकम अनलाईन पत्रिकाको समन्वयमा विद्यालयमा शनिबार गरिएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले उनीहरुलाई सामग्री वितरण गरे ।

नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी

कार्यक्रममा बोल्दै जिशिअ मिश्रले स्थानीय स्तरमा रहेका विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधार गर्ने जिम्मेवारी सम्बन्धित समुदायको नै भएको भन्दै आफ्ना वालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न विद्यालयप्रतिको उत्तरदायित्व पुरा गर्न आग्रह गरे ।

उनले समुदायको भुमिका प्रभावकारी हुन नसके राज्यले जतिसुकै ठुलो लगानी गरेपछि शैक्षिक उपलब्धि हाँसिल गर्न नसकिने भएकाले विद्यालय सुधारका लागि स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन र शिक्षक कर्मचारी थप सक्रिय हुनुपर्नेमा जोड दिए ।

सामग्री लिएपछि खुसि हुँदै बालबालिका

मिश्रले विद्यालय भवन निर्माणको कार्य तत्काल सुरु गर्न निर्देश दिए ।

रोटरी क्लव अफ बागलुङका अध्यक्ष नेत्र न्यौपानेले दुर्गम ठाउँमा रहेको विद्यालयका वालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्न पाउँदा खुसि लागेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

उनले भुकम्पका कारण चुहिने भएको विद्यालयको छाना छाउन जस्ता पाताको लागि क्लवको केन्द्रमा पहल गर्ने बताए ।

नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले सिरबारेमा आर्थिक अबस्था कमजोर रहेका अभिभावकको बाहुल्यता रहेकाले उनीहरुका वालबालिकाको सिकाई थप प्रभावकारी बन्न सकोस भनेर सहयोगको समन्वय गरेको बताए ।

प्रमख अतिथी बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र मन्तव्य राख्दै ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जीले विद्यालयमा भौतिक सुधार सहित कम्प्युटर शिक्षाको आवश्यकता रहेको भन्दै सहयोगको लागि आग्रह गरे ।

उनले स्थानीय स्तरमा बालविकास केन्द्र तत्काल आवश्यक रहेकाले सरोकारवालासँग सहयोगको अपिल गरे ।

कार्यक्रममा गलकोट नगरपालिका वडा–७ का अध्यक्ष टिकाबहादुर थापा, रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष गगनलाल शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिब राम थापा अविरल र प्रभु बैंक लिमिटेड गलकोट शाखाका प्रवन्धक चेतनारायण गौतमले मन्तव्य राखेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै रोटरी क्लव अफ बागलुङका निबर्तमान अध्यक्ष गगनलाल शाक्य

सो अवसरमा अतिथिहरुलाई स्थानीय नौमति बाजा र स्वागत गितले स्वागत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीको अध्यक्षता, सदस्य मिन बहादुर दर्जीको स्वागत र शिक्षिका कल्पना गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्