४ श्रावण २०८३, सोमबार

 

‘यात्रा आफ्नै परिवेश’ मा साहित्यकार प्रधान

‘साहित्य प्रवाहको यात्रा आफ्नै परिवेश’ कार्यक्रमको ३४ औँ श्रृङ्खला साहित्यकार प्रमोद प्रधानसँग मंगलबार बागलुङमा भएको छ ।

धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले नियमित रुपमा सञ्चालन गर्ने कार्यक्रमको यो अंकमा कवि तथा पत्रकार प्रधान उपस्थित थिए ।
कार्यक्रममा उनले आफ्ना रचना सुनाएका सुनाए । आर्थिक अभियान दैनिक पत्रिकाका सम्पादक समेत रहेका कवि एवं समालोचक प्रधानले साहित्य समय सापेक्ष हुनुपर्ने बताए ।

साहित्यिक कार्यक्रमले भाषा, कला र साहित्यको उजागरमा सहयोग पु¥याउने उनको भनाई थियो ।

उनका रातभरीको सुस्केर कविता संग्रह २०३२, नेपाली बालसाहित्य ईतिहास २०५७, नेपाली निबन्धको ईतिहास २०६५, एक उदास साँझ कविता संग्रह लगायत थुप्रै कृति प्रकाशित छन् । विक्रम संबत २०१५ सालमा विराटनगरमा जन्मिएका प्रधानले २०३५ सालदेखि राससमा काम गरेका थिए ।

कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजि रोशनले कवि प्रधानलाई सम्मान पत्र प्रदान गरेका थिए । अध्यक्ष रोशनले नेपाली भाषा र साहित्यको क्षेत्रमा कबि एबं समालोचक प्रधानले महत्वपुर्ण योगदान पु¥याएको बताए ।

कार्यक्रममा राष्ट्रिय संचार बिकास केन्द्रका कार्यकारी निर्देशक बिष्णु प्रसाद शर्मा पराजुली, यात्रा आफ्नै परिबेसको तेस्रो श्रृङ्खलाका प्रतिभा गगनलाल शाक्य, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिष, निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, धौलागिरी साहित्य प्रतिष्ठानका सदस्य गुणराज पौडेल, कोपिला कंडेल, गोबिन्द सुबेदी, लगायतले सृजना बाचन गरेका थिए ।

सहित्यकार प्रधानको वयक्तित्व बारे राष्ट्रिय संचार बिकास केन्द्रका कार्यकारी  निर्देशक बिष्णु प्रसाद शर्मा पराजुलीले प्रकाश पारेका थिए ।

यात्रा आफ्नै परिवेश ३३ औ श्रृङखलाका प्रतिभा धनराज सापकोटाको अध्यक्षता, धौलागिरी साहित्य प्रतिष्ठानका सदस्य गुणराज शर्मा पौडेलको स्वागत मन्तब्य र सदस्य सचिव राम थापा अबिरलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung