बागलुङमा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव र लियो क्लवको पदस्थापन भएको छ । संयुक्त रुपमा एउटै कार्यक्रम गरेर जिल्लाका ५ वटा लायन्स क्ल्व र ३ वटा लियो क्लवको बर्ष २०१७/०१८ का लागि निर्वाचित नेतृत्वको पदस्थापन गरिएको हो ।
लायन्स क्लव अफ धौलागिरि बागलुङ, लायन्स क्लव अफ बागलुङ कालिका, लायन्स क्लव अफ बागलुङ सिटी, लायन्स क्लव अफ बागलुङ र लायन्स क्लव अफ बागलुङ गल्कोट सिटीको पदस्थापन भएको हो ।
त्यसैगरि लियो क्लव अफ धौलागिरि बागलुङ, लियो क्लव अफ बागलुङ कालिका र लियो क्लव अफ बागलुङको पनि पदस्थापन भयो । यी संस्थाका बर्ष २०१६/०१७ का अध्यक्षले बर्ष २०१७/०१८ का अध्यक्षलाई पद हस्तान्तरण गरे ।
लायन्स क्लव अफ धौलागिरिका अध्यक्ष बविता शर्माले नवनिर्वाचित अध्यक्ष शशिकपुर श्रेष्ठ, लायन्स क्लव अफ बागलुङ कालिकाका अध्यक्ष बुद्ध बिष्टले नवनिर्वाचित अध्यक्ष चन्द्रराज रेग्मी, लायन्स क्लव अफ बागलुङ सिटीका अध्यक्ष कविता बस्नेतले नवनिर्वाचित अध्यक्ष बिद्याता श्रेष्ठ र लायन्स क्लव अफ बागलुङका अध्यक्ष दुर्गा कँवरले नवनिर्वाचित अध्यक्ष युक्तप्रसाद सुवेदीलाई पद हस्तान्तरण गरेका थिए ।
लायन्स क्लव अफ बागलुङ गल्कोट सिटीको बर्ष २०१७/०१८ को अध्यक्षमा यामबहादुर श्रीसको पदस्थापन भयो ।
यता लियो क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष खेमराज आचार्यले नवनिर्वाचित अध्यक्ष कुलदिप क्षत्री, लियो क्लव अफ बागलुङ कालिकाका अध्यक्ष भुवन कडेलले नवनिर्वाचित अध्यक्ष सन्दिप कार्कीलाई पदभार हस्तान्तरण गरे ।
त्यस्तै लियो क्लव अफ बागलुङको अध्यक्षमा कुशल गौतमको पदस्थान गरियो । लायन्स क्लवका डिस्ट्रीक गर्भनर धनराज आचार्यले नवनिर्वाचित अध्यक्ष पदाधिकारी र नव प्रवेशी लायन्स र लियोलाई पदस्थापना तथा सपथ ग्रहण गराए ।
पदस्थापन कार्यक्रममा नगरपालिकाका प्रमुख जनक पौडेलले निस्वार्थ भावले सामाजिक सेवा गर्न सके सकारात्मक परिवर्तन सम्भव रहेको बताए ।
कार्यक्रममा लायन्स क्लवका डिस्ट्रीक गर्भनर धनराज आचार्य, मल्टीपल काउन्सील चेयर पर्सन बालकृष्ण बुर्लाकोटी, कलस्टर नम्वर ९ का प्रमुख सन्तोष रावल, चिफ एडभाइजर मनबहादुर रोका र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जव्बरबहादुर लामिछानेले शुभकामना व्यक्त गरे ।
आठ ओटै संस्थाका नवनिर्वाचित अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरे । निवर्तमान अध्यक्षहरुले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रम लायन्स क्लव अफ बागलुङ कालिका बर्ष २०१६/०१७ का अध्यक्ष बुद्ध बिष्टको अध्यक्षता, डिस्टीक एडभाइजर काजीमान गुरुङको स्वागत र जोन चियर पर्सन नरेश कँडेलको संचालनमा सम्पन्न भएको थियो । रिजन चियर पर्सन रत्ना भण्डारीले धन्यावाद मन्तव्य राखिन् ।
गरिब जेहेन्दार विद्यार्थीका लागि १० लाखको अक्षयकोष स्थापना
सामाजिक संस्था लायन्स क्लवले गरिव तथा जेहेन्दार बिद्यार्थी पढाउ अभियानका लागि १० लाख बढि आर्थिक संकलन गरेका छन् । लायन्स क्लव अफ डिस्ट्रीकले सुरु गरेको यो अभियानका लागि बागलुङवाट आठ ओटै लायन्स–लियोले संस्थागत रुपमा र त्यहाँ आवद्ध सदस्यले समेत रकम संकलन गरेर १० लाख ११ हजार १ सय रुपैयाँको अक्षयकोष बनाएका छन् ।
अक्षय कोषका लागि लायन्स क्लव अफ बागलुङले २ लाख, राजकुमार श्रेष्ठले १ लाख ५ हजार ५ सय ५५, काजीमान गुरुङले १ लाख ५ हजार ५ सय ५५, अनुप कुमार श्रेष्ठले १ लाख, शशिकपुर श्रेष्ठले ५० हजार, महेन्द्र खड्काले ५० हजार, नरेश कँडेलले ५० हजार सहयोग गरेका छन् ।
त्यसैगरि चन्द्रराज रेग्मी ५० हजार, सुवास आचार्य ५० हजार, ऋषीराम गौतम ५० हजार, रत्ना भण्डारी ५० हजार, सोविता आचार्य ५० हजार, कविता बस्नेत ५० हजार, ओमप्रकाश गौतम २५ हजार र राजनकुमार शाक्यले २५ हजार सहयोग गर्नु भएको लायन्सका जोन चियर पर्सन नरेश कँडेलले जानकारी दिए ।
आर्थिक अभावका कारण अध्ययनबाट बञ्चित गरिब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोगका लागि कोष स्थापना गरिएको हो । कोषका लागि सहयोग गर्न अपिल गरिएको कँडेलले जानकारी दिए ।
फोटो मञ्जुल शाक्य













































































































































































































