स्थानीयसवासीले पैसा उठाएर हरिचौर जंगरा–तरिम घाटको झोलुङ्गे पुल मर्मत गरेका छन् । सात जनाले ५६ हजार रुपैयाँ उठाएर पुलको मर्मत गरेको हुन् ।
यो पुल गलकोट नगरपालिका र ताराखोला गाउँपालिका जोड्ने गरि हिल र हरिचौरको विचमा पर्छ । ३ बर्ष पहिले मर्मत भएको पुलको यस बर्ष ग्रिल बिच्छ्याएर मर्मत गरिएको सहयोगदाता खेमराज गैरेले जानकारी दिए । घाटमा मोटर तर्ने काठको पुल बनेपछि झोलुङ्गे पुलको प्रयोग कम भएकाले मर्मत समेत भएको थिएन ।
बर्षातको समयमा मोटरएवल पुल नजिकैसम्म खोलाको बहाव आएर तर्न समस्या भएपछि पैदल यात्री झुलुङगे पुलबाट हिड्ने गर्छन् । जीर्णभएको पुलमा आवत जावत गर्न जोखिम बढेपछि आँफै पैसा उठाएर मर्मत गरिएको गैरेले बताए । तीन बर्ष पहिले राखिएको फ्ल्याग कुहिएर पुल हिड्नेका लागि जोखिमपुर्ण बनेको थियो । अहिले फ्ल्याग हटाएर ग्रिल राखिएको छ ।
पुल मर्मत गर्न नरहरि निउरे, छबिलाल न्युर, विष्णुप्रसाद निउरे र हिरा काला मगरले १०/१० हजार रुपैयाँ सहयोग गरेका छन् । टिकाराम निउरे र खेमराज गैरेले ५/५ हजार, खिमनाथ निउरेले ७ हजार तथा प्रकाश न्युरेले ३ हजार रुपैयाँ सहयोग गरे ।
मर्मत भएपछि पुल भएर घाँस दाउरा गर्ने स्थाीय १२ घरधुरी सहित अन्य पैदल यात्रुलाई समेत सहजता भएको अर्का सहयोगदाता छबिलाल न्युरेले जानकारी दिए ।













































































































































































































