२७ बैशाख २०८१, बिहीबार

 

देउवा सरकारमा बागलुङ पनि, सांसद् खड्का बनिन् सहकारी तथा गरिबी निवारण राज्यमन्त्री

- देउवाले बनाए जम्बो मन्त्रीमण्डलको अर्को रेकर्ड

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डालमा बागलुङको पनि प्रतिनिधित्व भएको छ । बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ की सांसद् चम्पादेबि खड्का काँग्रस–माओवादी केन्द्र गठबन्धन सरकारमा राज्यमन्त्री बनेकी छन् ।

देउवा नेतृत्व सरकारको मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र लोकतान्त्रिक फोरमका तर्फबाट १५ जना राज्य मन्त्री थपिँदा खड्का पनि परेकी हुन् ।

स्वर्गीय श्रीमान् हरि खड्कासँगै चम्पा

खड्का पुर्वसभासद् तथा काँग्रेस बागलुङका पुर्वसचिव स्वर्गीय हरिबहादुर खड्काकी धर्मपत्नी हुन् । चम्पादेवि खड्का देउवा मन्त्री मण्डलमा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री बनेकी छन् ।

दोस्रो संविधानसभामा बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ बाट सभासद् निर्वाचित भएका खड्काको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनमा काँग्रेसले खड्का पत्नि चम्पादेविलाई उम्मेदवार बनायो । उनले एमाले नेतृ मनकुमारी केसीलाई पराजित गरेर सभासद् बनेकी थिईन् ।

उनी राज्यमन्त्री बनेपछि बागलुङ काँग्रेससँगै जिल्लावासीमा समेत खुसियाली छाएको छ ।

राज्यमन्त्री चम्पादेवि खड्का

यसअघि बागलुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी केपि ओली सरकारमा उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ बाटै सभासद् निर्वाचित एमाले नेता रामजीप्रसाद शर्मा पनि उर्जाराज्यमन्त्री बनेका थिए ।

उनीसँगै मंगलबार सपथ लिएका राज्यमन्त्रीमा सरिता प्रसाईँ कृषि, तेजुलाल चौधरी युवा तथा खेलकुद, दिलमान थासिङ कानुन न्याय तथा संसदीय मामिला र सीता गुरुङ भौतिक पूर्वाधार छन् ।

त्यस्तै उदय राणा अर्थ, शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्य, अब्दुल रज्जाक गद्दी खानेपानी तथा सरसफाइ, तप्त बहादुर विष्ट सूचना तथा सञ्चार, डिल्ली बहादुर चौधरी श्रम तथा रोजगार, जनकराज चौधरी स्थानीय विकास, सुमित्रा थरुनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन र यशोदा लामा भूमि सुधार राज्यमन्त्री भए ।

देउवाले बनाए जम्बो मन्त्रीमण्डलको अर्को रेकर्ड

प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको अर्को रेकर्ड बनाएका छन् । देउवाले मंगलबार आफ्नो पार्टी कांग्रेसका १२ सहित १५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरे । यससँगै देउवा सरकार ५० सदस्यीय बनेको छ । यो गणतान्त्रिक नेपालको सबैभन्दा जम्बो मन्त्रिमण्डल हो ।

यसअघि गणतन्त्र आएपछिको चौथो प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । बहुदलीय व्यवस्थामा पनि जम्बो मन्त्रीमण्डलको रेकर्ड देउवाकै नाममा थियो ।

०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले ५२ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए ।यस पटक आफ्नै पुरानो रेकर्ड तोडेका छन्, उनले ।

किनकि, मंगलबारको विस्तारपछि पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण गरी चार मन्त्रालय मन्त्रीविहीन छन् ।

चार वटै मन्त्रालय अहिले प्रधानमन्त्री देउवासँगै छन् र राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

मंगलबार थपिएका राज्यमन्त्रीहरू 

सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात
सरिता प्रसाई कृषि विकास
शेषनाथ अधिकारी शिक्षा
नरबहादुर चन्द वाणिज्य
अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई
तप्तबहादुर विष्ट सूचना तथा सञ्चार
अमरसिंह पुन सिँचाइ
दिलमान पाख्निन कानुन, न्याय, तथा संसदीय मामिला
उदयशम्सेर राणा अर्थ
१० डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार
११ तेजुलाल चौधरी युवा तथा खेलकुद
१२ चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण
१३ जनकराज चौधरी सङ्घीय मामिला तथा स्थानीय विकास
१४ सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४ यसोदा कुमारी लामा भूमिसुधार तथा व्यवस्था

 

प्रतिक्रिया दिनुहोस्