३ श्रावण २०८३, आईतवार

 

बागलुङको गरीवी अत्यको लागी काम गर्छु : राज्यमन्त्री खड्का

सहकारी विकास तथा गरीवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले बागलुङको विकासको लागी आफु प्रतिवद्ध रहेको वताउनु भएको छ ।

नेपाली काग्रेस क्षेत्रीय समिति क्षेत्र नम्वर १ बागलुङले आज आयोजना गरेको स्वागत कार्यक्रममा वोल्दै खड्काले यस्तो वताउनु भएको हो । बागलुङमा रहेको गरीवी अन्त्य गर्न सहकारी र कृर्षिको माध्यमवाट गरीवी अन्त्यको लागी काम गनै आफु आतुर रहेको वताउनु भयो ।
बागलुङ पछिल्लो समय सहकारी भ्रमण केन्द्रको रुपमा विकास हुदै गएकोले सहकारी प्रर्वद्धन गर्न कार्यक्रम संचालन गर्ने वताउनु भयो । गरीवी अन्त्यको लागी सहकारीको माध्यम वाट कृर्षिमा आत्मनिर्भर गराउन तर्पm उन्मुख हुनुपनर्ने खड्काको भनाई थियो ।
नेपाली काग्रेस क्षेत्र नम्वर १ का क्षेत्रीय सभापती चिरञ्जीवी गौतमको अध्यक्षतमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाली काग्रेस बागलुङका सभापती दिपेन्द्र वहादुर थापा, सचिव नवराज पौडेल,नेपाल महिला संघका केन्द्रीय सदस्य पार्वती आचार्य, नगर सभापती महेन्द्र आचार्यले विकासको अभियानलाई गाउँ गाँउ सम्म पु¥यान आग्रह गर्नु भयो ।

उहाहरुले बागलुङमा काग्रेस कार्यकर्ताले गरेको लगानीको केन्द्रले मुल्याङकन गरेकोले जिम्मेवारी पुरा गर्न आग्रह गर्नु भयो ।
कार्यक्रम क्षेत्रिय उपसभापती शिव कडेलको स्ववागत र सचिव केशर थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung