३ श्रावण २०८३, आईतवार

 

धौलागिरी स्तरिय बक्तृत्वकला गर्दै जेसीस सप्ताह सकियो

बागलुङ जेसीजले बिभिन्न कार्यक्रमका साथ संचालन गरेको जेसीज सप्ताह २०१७ सकिएको छ ।

युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि बिभिन्न रचनात्मक कार्यक्रमका साथ भदौ १० गतेदेखि जेसीज सप्ताह संचालन गरेको थियो ।

जेसीज सप्ताहको अन्तिम दिन आयोजित समापन समारोह सहित स्वर्गिय प्रगति कुमार स्मृति अञ्चल स्तरीय अन्तर बिद्यालय बक्तृत्वकला प्रतियोगिताको उद्घाटन जिल्ला समन्व्य समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले गरे ।

सो अवसरमा बोल्दै प्रमुख ढुङ्गानाले युवाहरुको नेतृत्व तथा क्षमता बिकास गर्ने जेसीजको अभियान सकरात्मक भएकाले यस्तो कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले युवालाई सकरात्मक सोचाई तर्फ उन्मुख गराउदै राष्ट्रिय मुद्धामा समावेस गराउनका लागि ग्रामिण क्षेत्रमा पनि जेसीज अभियानलाई लैजान आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, स्वर्गिय प्रगति कुमार स्मृति कोषका प्रधान संरक्षक डाक्टर कृष्णबहादुर श्रेष्ठ, स्वर्गिय सत्यदेवि स्मृति कोषका तर्फवाट शैलेन्द्रकुमार श्रेष्ठ, समाजसेवि देवबहादुर श्रेष्ठ, बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी, सप्ताहका मुल संयोजक मनोजकुमार बिक र सहकोषाध्यक्ष ताराप्रसाद शर्माले मंतव्य व्यक्त गरे ।

सो अवसरमा आयोजित स्वर्गिय प्रगति कुमार स्मृति अञ्चल स्तरीय अन्तर बिद्यालय बक्तृत्वकला प्रतियोगितामा शिवालय मावि कुस्माका छात्रा बिपना सापकोटा प्रथम, अमर आदर्श आवसिय मावि बागलुङका छात्रा सदिक्षा बोगटी द्धितीय र फ्युचर ब्राइटर बोडिङ स्कुलका छात्रा बिपना केसी तृतीय भएका थिए । प्रतियोगितामा बागलुङ र पर्वतका बिभिन्न बिद्यालयका ९ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि बागलुङ जेसीजका तर्फवाट ५ हजार सहयोग प्रदान गरिएको थियो भने बिभिन्न कार्यक्रमका बिजयी प्रतियोगिहरुलाई पुरस्कार, कार्यक्रमका मुल संयोजक, अतिथि, उत्कृष्ट संयोजक तथा संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०१७ का शाखा अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षता, निवर्तमान अध्यक्ष पार्वती अधिकारीको स्वागत र कार्यक्रम संयोजक एञ्जील शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung