३ श्रावण २०८३, आईतवार

 

आफ्नै मोडलिङ र गायनमा कुलविरले ल्याए ‘लाउली सिन्दुर चुरा मायाले’

लोक संगीतको उर्बर भूमि बागलुङको गलकोट क्षेत्रमा क्षेत्रबाट सांगीतिक क्षेत्रमा लाग्ने कलाकार बढ्दैछन । लोक सांगीतको दुनियाँका चर्चित हस्ती विष्णु खत्री, बसन्त थापा, देवि घर्ती लगायत अन्य धेरै कलाकार जन्माएको गलकोटबाट पछिल्लो समय युवापुस्ताको समेत यस क्षेत्रमा आउने क्रम बढेको छ ।

गलकोट नगरपालिका–७ मल्ममा जन्मेका कुलबिर थापाले आफ्नो पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ भिडियो सहित बजारमा लिएर आएका छन् । लोकसंगीतमा युवा पुस्ताको अगमन हुनु प्रशंसनिय नै हो ।

गीतमा शिव अखेलीको शब्द र गलकोटकै गायक ईश्वर सिंहको लय रहेको छ । स्वरमा कुलबिर थापालाई गायिका देवी घर्तीले साथ दिएकी छन् । भिडियोको छाँयान्कन गाउँको परिवेशसँगै मौलिकता समावेस गर्न गलकोटमै छायाङ्कन भएको कलाकर थापाले बताए ।

गीतको भिडियोमा मोडलिङ समेत थापा आफैले गरेका छन । माया पिरती सँगै लगनको महिनामा विवाहका कुरा भएको कथावस्तुलाई गीतले समेटेको उनले बताए ।

यसअघि उनले ‘घुम्टेको लेकमा गुराँसै फूल्यो’ बोलको सालैजो गीतमा शब्द संकलन गरेका थिए । ‘मोडलको रूपमा समेत देखिदै आएका थापाले लगत्तै पन्चेबाजा करुवाको जल’ गीती एल्वम पनि तत्काल बजारमा ल्याउने तयारी गरेका छन् ।

थापाले रोजगरीको सिलसिलामा प्रवाशमा रहेर पनि आफ्नो लोक सांगीतिक यात्रालाई अघि बढाएका छन् ।

जापानको ओसाकामा रहेका थापाले त्यहाँ हुने जुन सुकै कार्यक्रममा आफ्नो दमदार प्रस्तुति दिदै आएका छन् ।

समाजसेवामा पनि सक्रिय कुलबिर अहिले गलकोट समाज जापान क्षेत्रीय समिति ओसाकाको सहसचिब छन् ।

सानैदेखि समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् । उनले जापानका सहरमा हुने कार्यक्रममा समेत आफ्ना सांगितिक प्रस्तुति मार्फत प्रवासी नेपालीलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । उनी राम्रो भलिवल खेलाडि पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung