३० बैशाख २०८१, आईतवार

 

लहरेपिपल सहकारीले दियो मानव सेवालाई नगदसहित सहयोग सामग्री

बागलुङमा रहेको मानव सेवा आश्रमलाई लहरेपिपल बहुउदेश्यीय सहकारी बागलुङले राहत वितरण गरेको छ । सहकारीले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई राहत वितरण गरेको हो ।

हाल १५ जनालाई आश्रय दिएको आश्रमलाई सहकारीले नगद ९ हजार ९ सय ९५ रुपैयाँ, एउटा टेवल, र फलफुल प्रदान गरेको हो । सहकारीका संचालक र कर्मचारीहरुले सयुक्त रुपमा यी सहयोग सामग्री एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका छन ।

कार्यक्रममा सहकारीका अध्यक्ष रुद्रबहादुर केसीले सहकारीको १८ औं बार्षीकोत्सवको अवसरमा आश्रमलाई सहयोग गरिएको बताए ।

उनले प्रचारवाजीको लागि भन्दा पनि आवश्यकता भएको ठाउँमा मानविय सहयोग गर्नुपर्छ भनेर सहयोग प्रदान गरेको बताए ।

कार्यक्रममा आश्रमका संयोजक नवराज केसीले विभिन्न कारणले आफ्ना आफन्तको साहरा नपाएर सडकमा आफ्नो जिवन विताईरहेकालाई आश्रममा आश्रय दिईएको बताए ।

अहिले आश्रममा ४ महिने बालिकादेखि ८८ बर्षिय बृद्ध सम्मका साहारा विहिनलाई खाना तथा वसाईको व्यवस्थापन गरिएको बताए ।

संयोजक केसिले भने, ‘विभिन्न सहयोगदाताको सहयोगमा हामिले यो कार्य गरिरहेका छौ ।’

सहकारीका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका रामकृष्ण सापकोटा पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत माधवप्रसाद उपाध्याय र संचालन सहकारीका सचिव श्यामराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्