३१ बैशाख २०८२, बुधबार

 

उमेद्वार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उमेद्वार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक मंगलबार देखि बेनीमा सुरु भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उमेद्वारका आकांक्षीहरुले दावी प्रस्तुत गरेका छन् । बुधबार सकिने बैठकले उमेद्वारको नाम टुङ्गो लगाएर केन्द्रिय समितिमा सिफारीस गर्ने पुर्व सभापती तथा सांसद रेशम बानियाले बताए ।

पहिलो दिनको बैठकमा प्रतिनिधिसभाको प्रत्यक्ष र प्रदेश सभाको क्षेत्र नम्बर १ का उमेद्वारको नाममा करिब टुङ्गो लागेको नेता कृष्णप्रसाद बरुवालले बताए । उनका अनुसार अधिकांशले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पार्टी सभापती खम्बिर गर्बुजालाई सिफारीस गर्न पदाधीकारी तथा कार्य समिति सदस्यहरुले विचार राखेका छन् ।

यसैगरी प्रदेश सभाको क्षेत्र नम्बर १ मा सांसद तथा पुर्व सभापती बानिया, नेता नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारीस गर्ने विषयमा छलफल चलेको छ ।

सांसद बानियाले भने मंगलबार अनौपचारीक रुपमा मात्र छलफल भएको र बुधबार प्रत्यक्ष, समानुपातीक दुवै तर्फका उमेद्वार सिफारिस गर्न औपचारीक रुपमा निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung