५ कार्तिक २०८३, बुधबार

 

कथालयले बागलुङमा ग¥यो डेनिस लेखकसँग सम्वाद

कथालय प्रकाशनले यहाँका लेखक तथा सर्जक र डेनिस लेखकबीच अन्तरक्रिया गरेको छ । डेनमार्कका लेखक स्यालि अल्सुलरसँग बागलुङे लेखकले अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा सहजिकरण कथालय प्रकाशनका प्रमुख कार्यधारी अधिकृत राजिवधर जोशी र प्रोडक्सन म्यानेजर शान्ता दाहालले गरेका थिए ।

सो अवसरमा लेखक भोलानाथ शर्मा, महेशचन्द्र प्रधान, प्रेम छोटा, धनराज सापकोटा लगायतको सहभागिता थियो । सन १९९३ बाट लेखन सुरु गरेका स्यालि अल्सुलरका बाल कथा, उपन्यास, बालचित्र कथा गरि विभिन्न विधाका ४० भन्दा बढी पुस्तक फरक फरक भाषामा प्रकाशित छन् ।

उनी १० वर्ष अघिदेखि नियमित रुपमा नेपाल आउने गरेका छन् । नेपालमा रहँदा कार्यशाला गोष्ठि, लेखकसँग छलफल, रेडियो कार्यक्रम, कथा वाचन कार्यक्रम जस्ता कार्यक्रममा उनी सहभागी हुन्छन् । उनका तीन वटा बाल पुस्तक नेपालीमा अनुवाद भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung