देशका विभिन्न ठाउवाट रोजगारीका लागि विदेश गएका नेपालीहरुले मल्मका टुहुरा बच्चाको शिक्षाको लागि लाखौ रकम सहयोग गरेका छन । जापान, युके, सिंगापुर, दुवई लगाएतका देशमा गएका नेपालीहरुले गलकोट नगरपालिका ९ मल्म निवासी मिनबहादुर मल्लका २ छोराहरुको शिक्षा लागि १२ लाख १३ हजार ५ सय ६९ रुपैया आर्थिक सहयोग गरेका छन ।
बोन क्यान्सरबाट पीडित मल्लको केहि महिना अगाडि उपचारका क्रममा निधन भएपछि आर्थिक अभावका कारण बच्चाहरुको शिक्षामा समस्या हुने देखिएपछि जापान, युके, सिंगापुर, दुवई लगाएतका देशमा विभिन्न व्यवसाय गरि बस्ने नेपालीहरुले पठाएको चेक मल्लकी श्रीमती अमृता मल्ललाई हस्तान्तरण गरिएको छ ।
जापानमा दिपक राना, भरत मल्ल, केदार थापा र डम्मर घिमिरेको पहलमा संकलन गरिएको ९ लाख ५८ हजार ८ सय , सिंगापुरमा जमुना शाहीको पहलमा संकलन गरिएको ४७ हजार ५ सय, युकेमा राजेश मल्लको पहलमा संकलन गरिएको १ लाख ६४ हजार ५ सय, दुवईमा जीवन मल्लको पहलमा संकलन गरिएको २० हजार तथा खड्ग कालिका युवा क्लवको पहलमा संकलित २५ हजार ७ सय गरि जम्मा भएको १२ लाख १३ हजार ५ सय ६९ रुपैया बरावरको चेक अभियानकर्ता दिपक रानाले हस्तान्तरण गरेका हुन ।
आर्थिक अवस्था निकै कमजोर , कुनै पनि जमिन नभएका मल्लका परिवार अर्काको गोठमा बस्दै आएका छन । ७ वर्षिय जेठो छोरा सुस्त मनस्थिति समेत भएकाले पालन पोषण र शिक्षाको लागि आर्थिक सहयोग गरिएको गलकोट मल्मका हाल जापानमा कार्यरत दिपक रानाले जानकारी दिए ।
मल्लका छोराहरु १६ वर्ष पुगपछि मात्र रकम निकाल्न मिल्ने गरि प्रभु बैङकको गल्कोट शाखा हटियामा रकम जम्मा गरिएको छ । रानाले रकम संकलन र पहल गर्ने देश तथा विदेशमा रहेका सवै नेपालीलाई धन्यवाद दिए ।
ति बालबच्चाको संरक्षणका लागि स्थानिय बाबुराम मल्ल, विष्णु मल्ल र ताजबहादुर मल्ल सदस्य रहेको संरक्षण समिति समेत गठन गरिएको छ ।
कार्यक्रममा गल्कोट नगरपालिका ९ मल्मका अध्यक्ष तेजबहादुर थापा, समाजसेवी ताजबहादुर मल्ल, तिलकबहादुर केसी, पाण्डुकेशोर सामुदायिक बनका अध्यक्ष टोपबहादुर थापा, भैरव माविका शिक्षक विष्णु मल्ल र खड्ग कालिका युवा क्ल्वका अध्यक्ष शिशिर मल्लले बालबच्चाको शिक्षाका लागि सहयोग गरिएको रकमलाई सहि सदुपयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रम स्थानिय समाजसेवी सुर्यबहादुर मल्लको अध्यक्षता र भैरव माविका प्रधानाध्यापक चक्रवर्ती शर्माको संचालनमा सम्पन्न भएको थियो ।






























































































































































































