२५ असार २०८२, बुधबार

 

बागलुङ महोत्सवमा लोक नृत्य धमाका हुँदै

पृथक स्वादको लोक नृत्यले बागलुङ महोत्सवलाई नयाँ रौनक दिने भएको छ । नेपाली लोक संगीतको मौलिकपनलाई युवाबीच प्रचार गर्ने मुख्य उदेश्यले महोत्सवको अवसरमा प्रतियोगिता गर्न लागिएको बागलुङ महोत्सव लोक नृत्य उपसमितिका संयोजक पार्वती अधिकारीले जानकारी दिइन ।

‘मौलिक पुराना र नयाँ लोक गीतमा कलाकारहरूले आफ्नो नृत्य कला प्रस्तुत गरेर महोत्सवलाई उर्जा थप्नेछन,’ उनले भनिन्, ‘प्रतियोगितामा सहभागीताको लागि म्याग्दी, पर्वतसम्म पत्र गरिएको छ, बागलुङका विद्यालयबाट उत्साहजनक सहभागिताको रहनेछ ।’

प्रतियोगितामा प्रथम हुनेलाई नगरद १५ हजार र प्रमाणपत्र, द्वितियलाई १० हजार र तृतिय हुनेलाई ५ हजार पुरस्कार दिईनेछ । कार्यक्रममा बागलुङको चर्चित डान्स क्लवका कलाकारले समेत भाग लिने तयारी गरेको छन् ।

मौलिक परम्परा बोकेको लोक नृत्यमा कलाकारको भेष भुषा पनि नेपालीपनको हुने आयोजकले जनाएको छ । ईच्छुकलाई प्रतियोगितामा सहभागी हुन आयोजकले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung