७ जेष्ठ २०८१, सोमबार

 

प्रचण्डले म्याग्दी महोत्सवको उद्घाटन गर्ने

पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने भएका छन । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले पुष २८ गते दिउँसो १ बजे पुर्व प्रधानमन्त्री दाहालले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा म्याग्दीको सम्भावनालाई उदेश्यले आयोजना हुन लागेको महोत्सवको प्रमुख अतिथिको रुपमा प्रचण्डलाई निमन्त्रण दिईएको र महोत्सवलाई उद्घाटन गर्न उन आउने पक्का भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यले जानकारी दिए । प्रचण्डको निजि सचिवालयसँ समन्वय गरि दिउँसो १ बजे महोत्सवको उद्घाटन गर्ने गरि समय समेत तय भईसकेको छ । प्रचण्ड हेलिकप्टर मार्फत बेनीमा आउने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

बिहान साढे १० बजेदेखि बेनीमा विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहितको ¥याली पश्चात खुल्ला मञ्चमा प्रचण्डले औपचारीक रुपमा महोत्सवको उद्घाटन गर्ने संघले जनाएको छ । यसैबिच महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक संकलन, प्रचार प्रसार, स्टल निर्माण लगायतको तयारीलाई तिव्रता दिएको छ । १ सय ५० वटा स्टल बुक भईसकेका छन् ।

महोत्सव सञ्चालनका लागि ७३ लाख ११ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । पर्चा, पम्पलेट, ब्रोसर, ब्यानर, सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत महोत्सव प्रचारप्रसार गरिएको छ । स्थानीय उत्पादनको बजार प्रर्बद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापार प्रर्बद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुवर्ण रिजालले बताए ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई निशुल्क प्रर्दशनीका लागि स्टलको व्यवस्था गरिएको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्