
गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले गलकोट नगरपालिका भित्रका महिलाहरुको राजनैतिक, आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन क्षमता अभिवृद्वि तथा उदघोषण तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा गलकोट नगरपालिकाको सहयोगमा सञ्चालित क्षमता अभिवृद्वि तथा उदघोषण तालिमको समापन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
सुवेदीले स–साना त्रुटीहरुलाई सच्चाउदै तालिमको न्यूनतम मान्यतालाई अगाडी बढाई राजनैतिक रुपमा सचेत, नैतिक रुपमा नैतिकतावान बन्न सहभागी महिलाहरुलाई आग्रह गरे । तालिममा सिकेका कुरा गाउँ समाजमा हुने कार्यक्रममा प्रस्तुत गरेमा मात्रै तालिमको सार्थकता रहने आगामी दिनमा यस्ता तालिम आयोजना गर्न नगरलाई थप हौसला मिल्ने सुवेदीले बताए ।
कार्यक्रममा गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हेमन्त भण्डारी, राष्ट्रिय जनमोर्चाका गलकोट नगर संयोजक टंक केसी, गलकोट माध्यमिक विद्यालयका प्रधानध्यापक देबेन्द्र खत्री, सहभागी मसिना बोहोरा र दिव्या रानाले मन्तव्य राखेका थिए । सो अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा गलकोट नगरपालिकाको सहयोग तथा सहकार्यमा सञ्चालित उक्त क्षमता अभिवृद्वि तथा उदघोषण तालिममा गलकोट नगरपालिका भित्रका वडा नं ७, ८, ९, १० र ११ का जनप्रतिनिधि महिला सदस्यहरु, विभिन्न संघ संस्थाका अगुवा महिलाहरु गरि ३० जनाको सहभागिता रहेको थियो ।
तालिममा महिलाको क्षमता अभिवृद्वि, सार्वजनिक उद्घोषण लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । तालिमको गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का पार्शद थम्मन थापा सन्देश र सामुदायिक रेडियो गलकोट एफ एम का स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता, तालिम प्रशिक्षक थम्मन थापा सन्देशको स्वागत मन्तव्य र केन्द्रका सदस्य योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।