मानव आश्रम बागलुङमा बस्ने नवजात शिशु सृष्टिको पालन पोषणको लागि गलकोट नगरपालिका–२ का सुमन बास्कोटाले आफ्ना ससुरा हिराबहादुर भण्डारीको स्मृतिमा नगद ५ हजार ५५ सहयोग गरेका छन् । उक्त रकम आश्रमका प्रतिनिधि सुमिरा लामालाई हस्तान्तरण गरेका थिए ।
उनले दिएको उक्त रकम बागलुङ बजारमा रहेको महिला हित सहकारीको ३ वर्षे खातामा जम्मा हुने भएको छ । सहकारीले प्रत्येक महिना ५ सय ५ जम्मा गर्ने सहकारीकी अध्यक्ष लिला खड्काले बताईन् ।
त्यस्तै बागलुङ नगरपालिका–२ घर भई अमेरिका बस्दै आएकी मञ्जु श्रेष्ठले पनि सृष्टिको पालन पोषणको लागि ५ हजार रुपैया सहयोग गरेकी छिन् । श्रेष्ठले अमेरिकाबाट पठाएको उक्त रकम उनकी आमा मिठु श्रेष्ठले आश्रमकी प्रतिनिधि लामालाई हस्तान्तरण गरेकी हुन् ।































































































































































































