३२ असार २०८२, बुधबार

 

किबी, च्याँउ र मौरीपालनमा पौरखी हात बन्दै गाउँपालिका अध्यक्ष पाइजा

पौरखी मान्छेलाई खेतिपातिले कहिल्यै ठग्दैन भन्ने कुरा अहिले सावित भएको छ । त्यस्को उदाहरणीँय पात्र हुन स्थानीय तहको निर्वाचनबाट जनताले चुनेका बडिगाड गाउँपालिका अध्यक्ष मेयरसहि पाईजा । नामले पनि गाउँपालिका अध्यक्ष चिनिने पाईजा गाउँपालिकाको मेयर अथवा अध्यक्ष बन्न पुगे । किसानको छोरा गाउमै फलफूलबाट मनग्गे आम्दानी गर्दै थिए तर, स्थानीय तहको चुनावमा नेकपा एमाले जिल्ला सदस्य समेत रहेका पाइजा् जनताको काम गर्ने अवसर पाए ।

बडिगाड गाउपालिका वडा ५ सिमाक घोरघारेमा २०२४ सालमा जन्मेका पाईजा २०३६ सालमा खुला रुपले राजनैतिक आए । राजनैतिक उताव चढबका कारण विभिन्न आरोप, पन्चायत व्यवस्थाको बिरोध गरेको भन्दै २० दिन जेलमा पनि बिताए ।
संघर्षका बाबजुद तिनै पाईजा अहिले गाउँपालिकाका अध्यक्ष तथा एक सबल कृषकका रुपमा जिल्लामा उदाए ।
साधारण परिवारमा जन्मेका उनी गाउमै कृषि खेति गरि आर्थिक उपार्जन गर्नु पर्छ भन्ने मान्यता सहित ०५२ सालमा किविको बेर्ना ल्याएर जिल्लामा किवि खेति सुरु गरे ।

घरमा जाँदा होस या घरको बाटो नजिकै जादा होस, उनले लगाएको किविको बास्ना सिताके च्याउ र मौरीले बाटो मै स्वागत गर्दछ ।गाउँपालिका अध्यक्ष भए देखि उनले गरेको किवि खति मौरीपालन र सिताके च्याँउ लगाएत काममा लागि बुहारी र श्रीमतीले सघाउने गर्छन ।

सानै उमेर देखि कृषिमा रुचि राख्ने उनले घरमा जङ्गलको काठमा सिताके च्याउ रोपेका छन भने घरमा बाक्सै बाक्सा सहि मौरी पालन गरेका छन ।किवि बाट राम्रो आम्दानी गरेका अध्यक्ष भन्छन,किविको बिरुवा काठमाडौ तथा ईन्डियाबाट ल्याएर लगाएको हुुँ । दुई किसिमको किवि लगाएको छु । एउटा रातो हुने किवि पनि छ । बजारमा बढि मुल्यमा बित्रि हुने भनेको भित्र रातो भएको किवि हो । यो खेतिबाट राम्रो आम्दानी पनि हुने भएकाले किसानहरुलाई किवि खेतिमा लाग्न आफुले पनि सहयोग गर्न तयार छु ।
अहिले उनले लगाएको किवि बागलुङ बजारमा लगेर बेचेका छन । प्रती किलो ८ देखि ९ सय सम्म बेचेको उनी बताउँछन ।
उनले किवि सँगै गरेको सिताके च्याउले मुटु रोगिहरु ब्लडप्रेसरका रोगिहरुलाई औषधी हुने भएकाले घरमै आएर लग्ने गरेका छन ।
आफु गाउँपालिका अध्यक्ष छोरा तेक्वान्दो खेलाडी बुहारी शिक्षिका भएपनि उनले गरेको खेतिले सबैको साथ पाएको छ ।
किवि खेति, सिताके च्याउ तथा मौरी पालनले उनी चिनाउने मात्र नभई बेरोजगार रहेका युवाहरुलाई पनि कृषिमा आत्मनिर्भर बन्ने सकिने उर्जा दिएको छ ।
उनलाई कृषि तथा अन्य संघसंस्थाले सम्मान पनि गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung