
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले वर्तमान सरकार हावादारी गफमा भुलेको आरोप लगाएका छन् । नेपाल भूतपूर्व सैनिक संघ बागलुङको १० औं वार्षिक साधारणसभालाई उदघा्न गर्न बागलुङ आएका रिजालले जनताको आवश्यकता समस्या समाधान गर्नुको साटो सरकार गफ दिएर सपना बाँड्दै हिडेको बताए ।
‘जनता विभीन्न समस्याबाट प्रताडित छन्,’ उनले भने,‘हाम्रो प्रधानमन्त्री भने उखान र टुक्का हाल्दै खिसी टिउरी गरेर हिड्नुभएको छ ।’ पूर्व संचारमन्त्री समेत रहेका रिजालले अहिले सरकारले ल्याएको बजेट संघियताको मर्म विपरित भएको बताए । हामीले देशको समानुपातिक विकासका लागि संघियता ल्यायौं,’ उनी भन्छन् तर सरकारले त्यस अनुसारको बजेट ल्याएको छैन । संघियता कार्यान्वयनमा अहिलेको सरकार उदार देखिदैन ।’ काठमाडौंमा रेल र तराईमा पानी जहाज भन्दा पनि दुर्गममा सडकको आवश्यकता बढि रहेको उनको भनाई छ । ‘अहिलेको समस्या दुर्गममा मोटरबाटो पु¥याउने रहेको छ,’ रिजालले भने,‘कामठमाडौंमा रेल पानीजहात तत्कालको आवश्यकता होईन ।
’ फरक प्रसङ्गमा रिजालले काँग्रेस भित्रैको गुटबन्दीका कारण पार्टी चुनावमा पराजित भएको बताए । अब काँग्रेसलाई नयाँ जीवन दिनका लागि गुटबन्दीको अन्त्य गर्नु जरुरी छ,’ उनले भने,यसैका कारण हामी चुनावमा पराजित भयौं । अब हरेकले आफुलाई करेक्सन गर्नुको विकल्प छैन ।
’ कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रत्ना शेरचन, पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, पूर्व सभासद नरबहादुर पुन निरज, भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य मिनबहादुर कार्की, नेपाली काँग्रेस जिल्ला सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, क्षेत्रीय सभापतिहरु चिरञ्जीवी गौतम, नारायण पौडेल, गल्कोट नगरपालिका उपप्रमुख रेनुका काउचा, नेपाली काँग्रेसको महाधिवेसन प्रतिनिधि जीत शेरचन, काँग्रेस जिल्ला सदस्यहरु फमबहादुर खत्री, रामप्रसाद विक, शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, नेविसंघ केन्द्रीय सदस्य खल्पना खड्का, जिल्ला अध्यक्ष खडक थापा लगायतले मन्तव्य राखेका थिए ।
नेपाल भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नारायणध्वज मल्ल र सञ्चालन नरबहादुर किसानले गरेका थिए ।