३ श्रावण २०८३, आईतवार

 

संघीयतामा स्वास्थ्य सेवा: स्वास्थ्य अवार्डबाट सम्मानित दिपक तिवारीसँगको ‘टक शो’

संघीयताका आधारमा राज्य पुनर्संरचना गर्ने क्रममा सरकारी स्वास्थ्य क्षेत्रको संरचना पनि फेरिएको छ । यसअघि केन्द्रीय सरकारको मातहत रहेका जिल्ला स्वास्थ्य वा जनस्वास्थ्य कार्यालय अहिले प्रदेश सरकारको मातहत ल्याईएको छ ।  बागलुङको जिल्ला जनस्वास्थ्य कार्यालयको पनि नाम फेरिएर ‘स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङ’ भएको छ ।

प्रदेश स्वास्थ्य कार्यालयले गर्छ यी काम
प्रदेश स्वास्थ्य कार्यालयलाई प्रदेशस्तरको स्वास्थ्य सेवाबारे काम गर्ने र स्थानीय सरकारले सञ्चालन गर्ने स्वास्थ्य सेवाको क्षेत्रमा प्राविधिक सहयोग तथा समन्वय गर्ने जिम्मेवारी रहेको छ ।

संविधानअनुसार आधारभुत स्वास्थ्य सेवाको अधिकार स्थानीय सरकारलाई छ । प्रदेश मातहतको कार्यालयबाट स्थानीय सरकारलाई सहयोगसँगै प्रदेशस्तरीय स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन हुने स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङका प्रमुख दिपक तिवारीले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री प्रचण्डबाट स्वास्थ्य अवार्ड लिँदै तिवारी

‘प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरु र त्यो भन्दा तल्लो स्तरका स्वास्थ्य ईकाईको सञ्चालन स्थानीय सरकारले गर्ने नीतिगत व्यवस्था छ,’ तिवारीले भने, ‘प्रदेश स्वास्थ्य कार्यालयले स्थानीयतहमा प्राविधिक सहयोग तथा समन्वय गर्ने र आधारभूत स्वास्थ्य सेवाभन्दा माथिको प्रदेशस्तरीय स्वास्थ्य सेवाको काम गर्छ ।’

कार्यक्षेत्र तीन जिल्ला
स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङको कार्यक्षेत्र बागलुङ, म्याग्दी र पर्वत गरि तीन जिल्ला तोकिएको छ । मुस्ताङ जिल्ला मात्र हेर्ने गरि अर्को छुट्टै कार्यालय छ । देशभर प्रदेशस्तरीय स्वास्थ्य कार्यालय ३५ वटा छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डबाट स्वास्थ्य अवार्ड लिँदै तिवारी

उत्कृष्ट स्वास्थ्यकर्मी हुन् तिवारी
स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङका प्रमुख दिपक तिवारी देशभरको उत्कृष्ट स्वास्थ्यकर्मी हुन् । उनी यहि वर्ष उत्कृष्ट जनस्वास्थ्यकर्मीको रुपमा स्वास्थ्य अवार्ड २०७५ बाट सम्मानित भएका छन् । स्वास्थ्य खबर पत्रिकाले स्थापना गरेको यो पुरस्कार प्रत्यक वर्ष उत्कृष्ट हुने स्वास्थ्यकर्मीलाई प्रदान गरिन्छ । उनले जनस्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत यो पुरस्कार पाएका हुन् ।

यहाँ प्रस्तुत छ, ‘नयाँ संरचनामा स्वास्थ्य सेवा प्रवाह, प्रदेश स्वास्थ्य कार्यालयको भुमिका, बागलुङमा स्वास्थ्य सेवाको अवस्था, तिवारीले पाएको स्वास्थ्य अवार्ड’ लगायत अन्य विषयमा पत्रकार कृष्ण कँडेलले स्वास्थ्य कार्यालय गण्डकी प्रदेश बागलुङका प्रमुख दिपक तिवारीसँग गरेको सम्वाद ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung