६ जेष्ठ २०८१, आईतवार

 

गलकोट एतिहासिक विरासत बोकेको नगरपालिका– नगरप्रमुख गैरे

गलकोट क्षेत्र राजनैतिक हिसाबमा एतिहासिक बिरासत बोकेको नगरपालिका भएको गलकोट नगरपालिकाका नगरप्रम’ख भरत शर्मा गैरेल बताएका छन् ।

४३ औ मेलमिलाप दिवस तथा अंग्रेजी नयाँ बर्ष २०१९ को अवसरमा नेपाल जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै गैरेले गल्कोटबाट जापानमा आएर बिभिन्न पेशा वयबसायसंग आबाद्ध भई जापान बस्ने गल्कोटबासीहरूको संख्या अध्याधिक रहेकोले गल्कोट बासीहरूले जापानमा सिकेका ज्ञान सिप र पुँजीलाई गल्कोटमा भित्र्याउनको लागी नगरपालिकाले बिशेष योजना बनाउने बताए । जापानको रेमिटन्स सही तरिकाले सदुपयोग गर्नका लागी नगरपालिका प्रतिबद्ध रहने गैरेको भनाई छ ।

उनले गलकोटको समृद्धिका लागी जापानमा भएका गलकोटेहरुको समेत भुमिका महत्वपूर्ण हुनै भन्दै सबैसँग हालेमालो गरेको अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्