३ श्रावण २०८३, आईतवार

 

बागलुङ समाज बेल्जियमद्वारा पञ्चकोटलाई २ लाख ३४ हजार सहयोग

बागलुङ । प्रवासमा रहेर पनि जिल्लाको विकासमा सघाउदै आएको बागलुङ समाज बेल्जियमले बागलुङ नगरपालिका–६ मा निर्माणधिन धार्मिक पर्यटकीयस्थल पञ्चकोटको विकासको लागि २ लाख ३४ हजार आर्थिक सहयोग गरेको छ ।

पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको अवसरमा बेल्जियममा शंकलन भएको २ लाखख २४ हजार ५ सय ७२ रुपैयाँको सहयोग गरेको हो ।

पञ्चकोटको पूर्वाधार निर्माणको लागि आयोजना गरिएको महायज्ञकोको अवसरमा समाजले बेल्जियममा विभिन्न व्यक्तिहरुसँग सहयोग संकलन गरि कृर्षि विकास बैंक बागलुङमा रहेको पञ्चकोटको खातामा रकम जम्मा गरिएको बागलुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिनु भयो ।

समाजले कोषाध्यक्ष रघु आचार्यको संयोजकत्वमा गठित समितिको पहलमा रकम संकलन भएको थियो ।

अभियानमा महेन्द्र पन्तले १ सय १ युरो, हरी रोकाले १ सय १ दिपक जिसीले ३५, बाबुराम सापकोटाले ५१, सुनिता सापकोटाले ३१ युरो, बिदुर केसीले ५१,रघु आचार्यले ४ सय १, दुर्गा सापकोटाले १०१, श्रीप्रसाद सापकोटाले १ सय १ ध्रुर्व रेग्मीले १ सय १ हरी प्रसाद शर्माले ५१, महेन्द्र सापकोटा मनुले ५१, प्रभात पौडेलले ३० नरेन्द्र बस्नेतले ५० युरो, प्रदिप पौडेलले ३० चक्रपानी सापकोटाले १ सय १, प्रमानन्द सापकोटाले १ सय १, कृष्ण शर्माले १ सय ८, दीपेन्द्र केसीले ४५ सुर्य ढकाललले २५ गरि १ हजार ६ सय ६६ युरो संकलन भएको बागलुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तले बताउनु भयो।

पञ्चकोटमा फागुन ११ गते देखि २३ गतेसम्म अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung