१६ बैशाख २०८१, आईतवार

 

नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा पौडेल

जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित हुनु भएको छ।

मञ्चले टोकियोमा सोमबार सम्पन्नअधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम, श्रवण सत्याल, भुवन हुमागाईँ, रामकृष्ण भण्डारी, रामप्रसाद गैरे रहनु भएको छ । यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी), जीवन पोखरेल , राज पुरी, राकेश विमली, बाल विक्रम तिगेला, गोविन्द प्रसाद पौडेल रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा भुपालमान श्रेष्ठले जानकारी दिनु भयो ।

उनका अनुसार लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् ।अधिवेशनको उद्घाटन माओवादी केन्द्रका नेताहरू लक्ष्मण पन्त र ओम शर्माले गर्नु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष मोहन पौडेलले आफ्नो २ वर्षे कार्यकाल स्वर्णिम बनाउने उद्घोष गरे भने पूर्वअध्यक्ष भवानी पन्तले आफ्नो कार्यकाल सोचेभन्दा सफल भएको दाबी गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरे ।

यसै गरी निर्वाचन कमिटीका सदस्य रामहरि पुडासैनीले अधिवेशनमा देखिएका केही समस्या र असन्तुष्टिहरू सबैलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्