२९ असार २०८२, आईतवार

 

विप्लवलाई नछाड्ने गृहमन्त्री थापाको चेतावानी

बुटवल । गृहमन्त्री रामबहादुर थापाले केही शक्तिले मुलुकको शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेको बताउदै सरकारले उनीहरूलाई नछाड्डने बताएका छन् ।  ५ न. प्रदेशको सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री थापाले विप्लवलाई नछाड्ने चेतावानी दिए ।

उनले भने ‘हामी शान्ति सुरक्षा विरोधी तत्वलाई निस्तेज र नियन्त्रण गर्न कटिबद्ध छौं ’ । भैरहवामा सम्पन्न प्रदेश नम्बर ५ स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले शान्ति, सुरक्षा विरोधी तत्वलाई सरकारले नियन्त्रण गर्ने बताए। नेकपा विप्लव समूहलाई इंगित गर्दै गृहमन्त्री थापाले केही तत्वहरूलाई आधारभूत रूपमा नियन्त्रण गरिएको दाबी गरे ।

उनले नियन्त्रण गरेको दाबी गरिरहँदा उनका प्ूर्व सहयात्री विप्लवले गतसाता कपिलवस्तुमा हतियार ओसार–पसार गरिरहँदा सरकारले केही मात्रमा नियन्त्रण गरेको थियो । हिंसात्मक घटना समेत भएको थियो । केही मात्रमा हातहतियार सहित विप्लवका कार्यकर्ता सरकारले पक्राउ पनि गरेको छ । विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन उनले आग्रह गरे। सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री थापाले अन्तिम विदाइ कार्यक्रम भएको दाबी गरे। स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह नभई जनअभिमत भन्ने सम्झौता भएको उनले स्पष्ट पारे।

मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएकाले सरकारले त्यस्तो गर्नै नसक्ने उनको भनाइ छ।
सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसी, गृहसचिव प्रेमकुमार राई, प्रदेश ५ का प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सरकारका सुरक्षा सल्लाहकार लगायत उच्च अधिकारीको सहभागिता थियो। गोष्ठीले प्रदेशस्तरीय सुरक्षा रणनीति बनाउने जनाइएको छ। खास गरेर ५ न. प्रदेशमा विप्लवको हिंसात्मक कार्यक्रम आक्रमक हुने संभावना रहेको सुचनाका आधारमा उनलाई तर्साउन गृहमन्त्री थापाले उनी विरुद्ध आक्रमक अभिब्यक्ति दिएको स्थानीय बासिन्दाको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung