काठमाडाैं ।
गत वर्ष झैं यो वर्ष पनि संसारकै खुसी देशको उपाधि फिन्ल्यान्डले जितेको छ। सन् २०१९ मा विश्वकै खुसी देशको सूची सार्वजनिक भएको छ जसमा फिनल्यान्ड पहिलो भएको हो।
सन् २०१६ मा पहिलो स्थानमा रहेको डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ। त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको छ। यूएन अन्तर्गतको ‘सस्टेनएबल डेभ्लपमेन्ट सोलुसन्स् नेटवर्क’ ले १५६ देशमा गरेको अनुसन्धानका आधारमा बुधबार ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट अपडेट २०१९’ सार्वजनिक गरेको हो।
त्यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको छ ।
यो वर्षका सबभन्दा खुसी १० देश यी हुन्ः
१ फिनल्यान्ड
२ डेनमार्क
३ नर्वे
४ आइसल्यान्ड
५ नेदरल्यान्ड्स
६ स्विटजरल्यान्ड
७ स्विडेन
८ न्यूजिल्याण्ड
९ क्यानडा
१० अस्ट्रेलिया
यो सूचीमा अमेरिका १९ औं नम्बरमा छ। बेलायत १५ औं, जर्मनी १७ औं, जापान ५८ औं, रसिया ६८ औं, चीन ९३ औं, नेपाल १०० औँ स्थानमा छन्।
सबभन्दा कम खुसी देशमा सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया र रूवान्डा छन्।























































































































































































