१३ कार्तिक २०८३, बिहीबार

 

नेविसंघ पर्वतद्वारा शैक्षिक सामग्री वितरण

पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्रीसहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरेको हो ।

गरिव, दलित तथा विपन्न समुदायका बालबालिकाको शैक्षिक स्तरलाई सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवासका संयोजक सन्तोष पाठकले जानकारी दिए। विद्यार्थीको शैक्षिक तथा पारिवारिक अवस्थालाई मध्येनजर गदै तिनधारे प्राविमा शैक्षिक सामग्री वितरण गरेको पाठकले बताए ।

नेविसंघ फलेवास नगर समितिले यस अघि नगरका धेरै वडामा शैक्षिक सामग्री वितरण गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले नेपाल विद्यार्थी संघ विद्यार्थीको हकहितमा काम गर्ने संगठन भएको बताए । उनले उक्त शैक्षिक सामग्रीले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणि सापकोटा, नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी, फलेवास नगरपालिका–८ ठानामौलाका वडाध्यक्ष मानवहादुर कुवँर, विद्यालयका अध्यक्ष बलवहादुर केसी, प्रधानाध्यापक यामवहादुर घर्ती, नेपाली काँग्रेसका युवा नेता प्रमोद पाण्डे, नेपाली काँग्रेस ठानामौलाका सभापति हेमराज कुवँर, नेपाल दलित संघका सभापति याम परियार‘शिव’,नेपाल विद्यार्थी संघ पर्वतका सचिव बरदान पौडेल, नेपाल तरुण दल फलेवास नगरपालिका संयोजक दिनेश लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung