१३ कार्तिक २०८३, बिहीबार

 

राजनीतिक भागबण्डाबाटै टुंगियो अमर क्याम्पसको सञ्चालक समिति

भरत सापकोटा
बागलुङ । गत पुष २१गते गठन गर्न आयोजित भेलामा राजनैतिक भागबण्डा नमिलेर स्थगित गरिएको भेला गोप्य र आन्तरिक रुपमा बिभिन्न बैठकहरु बसेपनि सहमतिमा पुग्न नसकेपछि पुनः आज भेलाको आयोजना गरिएको थियो । आज पनि कस्को पक्ष मा बहुमत र कस्को पहुँचमा पार्ने भन्ने बिषयले नेपाली काँग्रेस र नेकपाका नेता तथा कार्यकर्ता बीच चर्काचर्की भयो । निक्कै बेरको खिचातानीपछि नेपाली काँग्रेसले अध्क्षयसहित छ जनाको प्रस्ताव राखेपछि नेकपाले बहुमत सदस्य पाएपछि कुरा मिलेको छ।

भेलाबाट प्रत्यक्ष १३ जनाको समिति र रहने बिभिन्न पद स्थानीय प्रतिनिधि महिला प्रतिनिधि र विभिन्न भेगबाट गरि २५ सदस्य हुने यो समिति क्याम्पस सञ्चालन र अलपत्र अवस्था रहेको निर्माण कार्यलाई तिब्रता दिने भन्दा दयनीय अवस्था रहेको बिद्यार्थी संख्यालाई बृद्धि गर्न भन्दा पदमा नै मरिहत्ते गरेको देखिन्छ। उक्त १३ जनाबाट गौरिशंकर सुवेदीलाई सर्बसम्वत रुपमा अध्यक्ष धोषणा गरिएको छ भने अन्य पदको टुङ्गो अझै लाग्न सकेको छैन ।

सो समितिमा नेपाली काँग्रेस तर्फबाट गौरिशंकर सुवेदी लिलाधर कडेंल ज्ञामनाथ कडेल ज्ञानकुमारी शर्मा श्रीष, महेन्द्र कडेल गोबिन्द वि क, नेकपाको तर्फबाट नविनप्रसाद कडेल, चिरन्जिवी कडेल, डिल्लिप्रसाद कडेल, डिलबहादुर विक, ठाकुरप्रसाद कडेंल, हिरा कडेंल र तुलसीराम कडेल रहेका छन् ।

३०जना विद्यार्थीहरु भर्ना भएको यस क्याम्पसमा बिद्यार्थीहरु संख्या निक्कै कमी भईरहेको बर्तमान अवस्थामा आज गठित सञ्चालक समितिलाई क्याम्पस निर्माण र विद्यार्थीहरु संकलन गर्न फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ।

क्याम्पस सन्चालन गर्न आर्थिक र भौतिक अवस्थाको जोह गर्न २०७३ सालमा महायज्ञ सन्चालन गरि ३ करोड ७ लाख रुपैयाँ संकलन गरि कुल बचत २ करोड ७० लाख रहेपनि भौतिक निर्माण र प्राध्यापकहरुको तलब दिँदा यो रकमले कति समय सम्म चल्ला भन्ने प्रश्न समेत खड्किन थालेको छ । भौतिक निर्माणको लागि केन्द्र सरकार र प्रदेश सरकारलाई गुहार्न सकेन र राष्ट्रिय बजेट ल्याउन नसक्ने हो भने केहि समयमा नै आर्थिक संकटमा पर्ने निश्चित देखिन्छ। निवर्तमान अध्यक्ष गोबिन्दप्रसाद कडेलको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख केशव कडेंलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung