
पूर्णभद्र निउरे
ताराखोला । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र महिला संजाल वडा न. ४ ताराको आयोजनामा महिला शशक्तिकरण सम्बन्धि कार्यक्रम ताराखोलामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला नेतृ निरमाया श्रीस बुढाले बदलिँदो समय र परिस्थिति अनुसार फेरबदल भएका नियम कानुनको बारेमा जानकार हुन नसक्दा पनि ग्रामीण क्षेत्रका कतिपय महिलाहरु अझै पनि विभिन्न किसिमका हिंसाबाट पिडित हुनु परेको बताइन् ।
ग्रामीण क्षेत्रका महिलाहरुलाई कानूनी सचेततासंगै सामाजिक आर्थिक र ब्याक्तित्व बिकासमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम सन्चालन गरिएको महिला संजाल वडा न ४ की अध्यक्ष तुलमाया निउरेले जानकारी दिइन् ।
कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति बागलुङकी सदस्य फुलमाया पुन जलजला , वडा न ४ का वडा अध्यक्ष जितबहादुर खत्री , ताराखोला स्वास्थ चौकीका इन्चार्ज लक्ष्मण कडेल र ताराखोला गाउँपालिकाकी वास संयोजक भिमा रोकाले गरिन् ।
कार्यक्रमको अबसरमा स्थानिय तहमा महिलाका अधिकार , परिर्वतन ऐन कानून, महिला हिंसा , स्वास्थ सरसफाइमा महिलाको भूमिका लगायतका बिषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएका छन्। कार्यक्रममा सहभागीको तर्फबाट गोरिमाया खत्री र कुन्नी कुमारी खत्रीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम महिला संजाल वडा न ४ की अध्यक्ष तुलमाया निउरेको अध्यक्षता सहसचिव सुन्तली दर्जिको स्वागत र सदस्य तुलमाया घर्तिको संचालनमा सम्पन्न भएको थियो ।