१३ कार्तिक २०८३, बिहीबार

 

बारा र पर्सामा हावाहुरीका कारण २७ को मृत्यु

काठमाडौं। बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ। आइतबार सांझ वर्षासंगै आएको भिषण हावाहुरीले ठुलो जनधनको क्षती भएको हो। हालसम्म बारामा २६ जनाको र पर्सामा १ जनाको गरी २७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हावाहुरीका कारण दर्जनौ घर भत्किनुका साथै ठुलो संख्यामा मानिसहरु घाइते भएका छन्।

घटनाबारे प्रधानमन्त्री केपी ओलीले दु:ख व्यत्त गर्दै उद्धारमा गंभीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिइसकेका छन्।त्यस्तै प्रदेश नम्बर २ को आपतकालिन बैठक बसेर राहत र उद्धारका लागि स्वास्थ्य टोली र राहत सामाग्री सहित मुख्यमन्त्री लालबाबु राउत घटनास्थल तर्फ गएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung