पछिल्लो समय ‘गलबन्दी’ गीतबाट चर्चामा रहेका गायक सर्जक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाई दिएका छन् । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केकोमा धन्यबाद दिँदै निरन्तरताको लागि शुभकामना दिएका हुन् ।
गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल ‘गल्बन्दी’को सफलताको चर्चा मात्रै नभइ लोक संगीत र मौलिकताले आफूलालाई दरो बनाएको फेसबुकमा लेखेका छन्। ‘गलबन्दी’ अहिले नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । गीतलाई अहिलेसम्म ८० लाख भन्दा धेरैपटक हेरिसकेका छन् ।
















































































































































































