२१ भाद्र २०८३, आईतवार

 

गोप्य अंगमा बिउ राख्दै फोटो सुट गराउने युवती को हुन् ?

यस अघिका असार १५ मा विभिन्न फोटाका कारण मन्त्रीदेखि विभिन्न व्यक्तिहरुको आलोचना हुने गर्दथ्यो । तर यो वर्ष उत्पातै नभएपनि २ फोटो चर्चामा रहे ।
एउटा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको र अर्को धानको बिउले गोप्य अङ्ग्य छोप्दै फोटो सुट गराउने युवतीको ।

भट्टराईले गोरखास्थित आफ्नै खेतमा रोपाईँ गर्नेक्रममा दाँदे लगाउँदै गरेको फोटोबारे विभिन्न चर्चा परिचर्चा भयो । तर सँगसँगै भाइरल बन्न पुगेको अर्को फोटो जुन शरीरका गोप्य अंग छोपेको सहितको फोटोसुट गराएको फोटोको अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् ।

बुझ्दै जाँदा ती युवती मोडल रितिका जिरेल रहे छिन् । उनले सुट गरेको फोटो भाइरल भयो ।

उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् ।

उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung