२१ भाद्र २०८३, आईतवार

 

कट्रिनाकी बहिनी इसाबेल पनि बलिउडमा

बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल पनि अब चलचित्रमा देखिने भएकी छन् । लामो समयदेखि बलिउड डेब्युको तयारीमा रहेकी उनी चाँडै नै सलमान खानका बहिनीज्वाइँ आयुष शर्मासँग चलचित्र ‘क्वाथा’ मा देखिन लागेकी हुन् ।

करण ललित भुटानीको निर्देशन रहने चलचित्र भारतीय सेनाको सत्य घटनामा आधारित रहेको बताइएको छ ।

आगामी सेप्टेम्बरदेखि सुटिङ सुरु हुने चलचित्र अर्काे वर्ष रिलिज हुनेछ । आयुषको डेब्यु फिल्म लवयात्रीले बक्स अफिसमा खासै प्रभाव छर्न सकेको थिएन । क्वाथालाई लिएर उनले भनेका छन्, ‘पर्दामा आर्मी अफिसरको भूमिका निर्वाह गर्नु मेरा लागि गर्वको कुरा हो । म निकै उत्साही छु ।’

इसाबेलको भूमिका कस्तो रहने भन्ने खुलाइएको छैन । चार वर्षदेखि बलिउड डेब्युको प्रतीक्षामा रहेकी उनी हिन्दी भाषा सिकिरहेकी छन् । निर्देशक भुटानीले भनेका छन्, ‘क्वाथा भारत र म्यानमार सीमाको एउटा गाउँ हो । सत्य घटनामा आधारित यो फिल्मका लागि आयुष र इसाबेल पर्फेक्ट छन् ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung