१७ बैशाख २०८१, सोमबार

 

आस्थाको लहरो

नागपञ्चमीका अवसरमा सोमबार राजधानीको नागपोखरीमा पूजाका लागि पालो पर्खिरहेका श्रद्धालु ।

साउनशुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा हिन्दु तागाधारीले शास्त्रमा उल्लिखित आठ नाग (अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म) को पूजाअर्चना गर्छन् । घरघरमा नागको चित्र टाँस्ने परम्परा छ । यस दिन उपत्यकाका भक्तपुरस्थित कल्पेश्वर नाग, काठमाडौँको भचाखुसीस्थित घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, ठमेल गल्कोपाखाको हरिनाग, थानकोटको नागढुंगा, टौदह, टुँडिखेलको मीननाग र पशुपतिनाथको वासुकी नागको भव्य पूजा गरिन्छ । नागको पूजा गर्दा नागसम्बन्धी दोषबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्