३ श्रावण २०८३, आईतवार

 

धितोपत्र बोर्डले माग्यो सिडिएससीसँग स्पष्टीकरण

पुँजीगत लाभकर गणनाविधि सहज बनाउन दिइएको निर्देशन ११ दिन बित्दा पनि कार्यान्वयनमा नल्याएको भन्दै नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) सँग स्पष्टीकरण मागेको छ ।

भारित औसत विधिबाट पुँजीगत लाभकर गणनाका लागि दलालकोमै गएर धितोपत्रको खरिद मूल्य प्रमाणित गर्नुपर्ने व्यवस्थाप्रति लगानीकर्ताले असहमति जनाउँदै आएका छन् ।

लाभकर गणनामा ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाउनुपर्ने व्यवस्था अव्यावहारिक भएको भन्दै लगानीकर्ताले विरोध गरेपछि यसअघि अर्थ मन्त्रालयले साउन २१ गते तीन दिनभित्र समस्या समाधान गर्न बोर्डलाई निर्देशन दिएको थियो । साउन २४ गते बोर्डले पुँजीगत लाभकर गणनासम्बन्धी व्यवस्था सजिलो र सहज बनाउन नेप्से र सीडीएससीलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung