४ श्रावण २०८३, सोमबार

 

एसिड पीडित मुस्कानलाई कृति सेननको भिडियोकल, वरुण धवनले पठाए भिडियो मेसेज

एसिड आक्रमणमा परेकी मुस्कान खातुनका लागि उनको मनपर्ने बलिउड कलाकार वरुण धवनले भिडियो सन्देश पठाएका छन् भने कृति सेननले मुस्कानसँग भिडियोमार्फत् कुराकानी गरेकी छिन्।

वरुणले आफूलाई कृति सेननमार्फत् मुस्कानबारे थाहा भएको बताएका छन् । उनले भिडियोमा भनेका छन्, ‘ म तपाईं पुनः स्कूल गएको हेर्न चाहन्छु । पढ्ने जुन तपाईंको तीव्र इच्छा छ, त्यो पछ्याउन आग्रह गर्छु ।’

उनले मुस्कान स्वस्थ भएपछि आफूलाई भेट्न आउने आशासमेत व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘जब तपाईं स्वस्थ हुनुहुनेछ, मलाई आएर आमनेसामने भेट्ने कोसिस गर्नुहोला । मेरो तर्फबाट धेरैभन्दा धेरै माया ।’

त्यसैगरी भारतीय निर्देशक जुनैद मेमोनले कृति सेननले मुस्कानसँग गरेको भिडियो कल सार्वजनिक गरेका छन् । कृति र वरुण मुस्कानका मनपर्ने बलिउड कलाकारहरु रहेको बताइएको छ।

 

नौ कक्षामा अध्ययनरत् १४ वर्षीया मुस्कान खातुनमाथि भदौ २० गते एसिड प्रहार भएको थियो। एसिडका कारण उनको अनुहार, हात र छातीमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung