बलिउड फिल्म इण्ड्रष्टिजका वरिष्ठ अभिनेता विजु खोटेको ७८ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनलाई बलिउडका फिल्मकर्मीहरुले चम्किला नक्षेत्र अस्ताएको प्रतिक्रिया दिएका छन् ।
उनी लामो समयदेखि विरामी रहेको संचार माध्यमले जनाएका छन् । बम्बइस्थित आफ्नै घरमा उनको निधन भएको हाे । उनको निधनले बलिउड शोकमग्न भएको छ । फिल्म शोले, कालिया जस्ता चर्चित फिल्ममा उनको अभिनय रहेको थियो । उनी सन् १९६४ देखि फिल्मी दुनियामा जोडिएका थिए । उनले हिन्दी र मराठी फिल्म काम गरेको विगत छ । उनको अन्तिम फिल्म सन् २०१८ या क्यो जाने यारो थियो । हिन्दी र मराठी गरी करिब ३ सय फिल्ममा उनको अभिनय रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।













































































































































































































