पछिल्लो समय मौलिक शब्द र लयका गीतको लहर चलेको छ । ठेट शब्द र लय श्रोताले मन पराउन थालेकाले सर्जकहरू त्यस्तै गीत–संगीत तयार पारिरहेका छन् ।
लामो समयदेखि सञ्चार र संगीतक्षेत्रमा लागिरहेका सर्जक कृष्ण अँखेलीले पछिल्लो समय गाउँले ठेट भाकाको दोहोरी गीतको तयारी थालेका छन् । उनी गायिका सरस्वती लामिछानेसँग मिलेर ‘भिर्नी झोलामा’ बोलको गीत बजारमा ल्याउँदै छन् । उक्त गीत यसै साता युट्युब च्यानलमार्फत सार्वजनिक हुँदै छ ।
‘दर्शकश्रोताको मन राख्ने खालको समयसापेक्ष गीत बनेको छ,’ अँखेलीले भने, ‘सबै काम सकिएको छ, प्राविधिक रूपमा बाँकी रहेका केही काम सकेर बजारमा ल्याउँछौं ।’ गीत तयार पार्न पाँच लाख रुपैयाँ लागेको उनले बताए । गीतका शब्द शिव अँखेलीले लेखेका हुन् । लय कृष्ण आफैंले संकलन गरेका हुन् ।













































































































































































































