आफनो बुबाको जमानीमा र्यापर भिटेन रिहा भएका छन । र्यापर भिटेन नामले चिनिएका समिर घिसिङलाई महानगरीय प्रहरी परिसर, ललितपुरले उनका बुवाको जमानीमा शुक्रबार साँझ रिहा गरेको हो ।
‘हामी यस्तै त हो नि ब्रो गीतलाई पक्राउ परेलगतै हटाउन लगाइएको थियो ।उनलाई कार्तिक १३ गते हाजिर हुुन भनिएको छ ।सामाजिक संजालमा राखेको फोटो र उनको ‘हामी यस्तै त हो नि ब्रो‘’ बोलको गीतमा प्रयोग भएका शब्द लिएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।













































































































































































































