बलिउड अभिनेत्री ईशा कोप्पिकरले करियरको सुरुआतमा एक सुपरस्टारले आफ्नो गलत फाइदा उठाउन खोजेको आरोप लगाएकी छन् ।
मनोरञ्जनसम्बन्धी एक वेबसाइटलाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएकी हुन् । ईशाका अनुसार ती सुपरस्टारले उनलाई एकान्तमा भेट्न बोलाएका थिए । एक निर्माताले एउटा फिल्म बन्न लागेको र यसका लागि ती अभिनेतासँग भेट्न भनेका थिए ।
ईशाका अनुसार ती अभिनेता बिहान चाँडै उठ्ने र जिम जान रुचाउने व्यक्ति हुन् । जसै उनले फोन गरिन्, उनले भेट्न बोलाए ।
ईशाका अनुसार ती अभिनेताले उनलाई कोसँग आउने भनी सोधेका थिए । उनले आफ्नो ड्राइभरसँग आउन लागेको बताएपछि अभिनेताले उनलाई एक्लै आउन भनेका थिए । ‘त्यति बेला म १५–१६ वर्षकी थिएँ तर मलाई थाहा थियो कि यसको अर्थ के हुन सक्छ भनेर । त्यसैले गइनँ ।’
त्यसपछि उनले ती निर्मातालाई फोन गरेर आफूलाई आफ्नो क्षमताका आधारमा कास्ट गर्न भनेको बताइन् । ईशाका अनुसार उनले ती अभिनेतासँग फेरि कहिल्यै काम गरिनन् । केही व्यक्तिहरूले आफूलाई गलत तरिकाले छोएको पनि उनले बताएकी छन् । ‘पिन्जर’, ‘सलाम–ए–इस्क’ र ‘एक विवाह ऐसा भी’ ईशाका चर्चित फिल्म हुन्













































































































































































































