पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ छोरी र बुहारीसहित राजधानीको एक नाइट क्लबमा पुगेका छन् । ठमेलको एलओडी क्लबमा उनी अन्य सहभागीसँग रमाइरहेको तस्बीर र भिडियो सार्वजनिक भएको छ ।
पूर्वराजाले सहभागीसँग हात समाउँदै नाच्नुका साथै ‘फ्लाइङ किस’ समेत दिएका थिए । नाच्दानाच्दै उनले कोट फुकालेर अन्य सहभागीको तालमा ताल मिलाएका थिए । त्यसपछि युवायुवतीसँग सेल्फीसमेत खिचाए । क्लबमा पूर्वराजा ज्ञानेन्द्रसँगै बुहारी हिमानी र छोरी प्रेरणा पनि थिए । हिमानी पनि त्यहाँ नाचेकी थिइन् ।














































































































































































































