दिल्लीमा भएको हिंसाबाट विक्षिप्त भएकी बंग्ला फिल्मकी आभिनेत्री सुभद्रा मुखर्जीले भारतीय जनता पार्टीबाट राजीनामा दिएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०१४ बाट उनी भाजपामा संलग्न भएकी थिइन् ।
मुखर्जीले आफ्नो राजीनामा बंगालका भाजपा अध्यक्ष दिलीप घोषलाई पठाएकी छन् । उनले यो जनकारी हिजो शनिबार गरेको भए पनि आज मात्र सञ्चारमाध्यममा अाएकाे छ । मिडियासँग कुराकानी गर्दै मुखर्जीले भनिन्, ‘म भाजपामा संलग्न थिएँ । तर दिल्ली हिंसा देखेपछि एकदमै विक्षिप्त भएकी छु । धर्मका नाममा एकले अर्काेको घाँटी किन रेटिरहन्छन् । त्यो देख्दा म झनै व्याकुल भएकी छु । त्यसैले भाजपा छाडेकी हुँ ।’
धर्मका नाममा नभएर मानवताका नाममा आफ्नो पहिचान कायम होस् भन्ने चाहेको उनले बताइन् ।













































































































































































































