३० बैशाख २०८१, आईतवार

 

एकैदिन तोलामा ३ हजारले घट्यो सुनको मूल्य

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वातै घटेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजारले घटेको हो ।

हिजो बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रबार प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै,चाँदीको मुल्यमा पनि गिरावट आएको छ ।चाँदी बिहीबारको तुलनामा ४० रुपैयाले घटेर प्रतितोला ८ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्