
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय पुगेको छ ।विश्व स्वास्थ्य संगठनले अमेरिकी सरकारले प्रभावकारी कदम नचाले अमेरिकाले महामारीको सामना गर्नु पर्ने बताएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण भएको चीनलाई पहिलो इपिसेन्टर मानेको छ भने हाल बढी प्रभावित इटालिलाई अर्को इपिसेन्टर बताएको छ ।
अमेरिकामा प्रकोपको अवस्था प्रारम्भिक अवस्था रहेको र अव यो जतिल अवस्था पुग्न सक्ने न्युयोर्कका गर्भनर एन्ड्रियु कोमोले बताएका छन् ।अमेरिकाका धेरै राज्यहरुले लकडाउन घोषणा गरेका छन् र नागरिकहरुलाई घरबाट बाहिर ननिस्किन भनिएको छ ।अमेरिकामा करिब ५५ हजारलाई संक्रमण भएको छ र कोरोना भाइरसबाट न्युयोर्क र क्यालिफोर्निया बढी संकटमा छन् ।