१८ बैशाख २०८१, मंगलवार

 

बागलुङ महिला समाजद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ महिला समाज कल्याण केन्द्रले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा रहेको मानव सेवा आश्रममा आश्रय रहेका व्यक्तिहरुलाई नयाँ वर्षको उपलक्ष्यमा खाद्यान्न सहयोग उपलब्ध गराएको बागलुङ महिला समाज कल्याण केन्द्रकी सचिव जुनु श्रेष्ठले नयाँ विश्वलाई बताइन ।

आश्रमलाई १५ हजार बराबरको खाद्यान्न उपलब्ध गराइएको बागलुङ महिला समाजका कोषाध्यक्ष निरु श्रेष्ठले जानकारी दिइन ।आश्रमलाई खाद्यान्न बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकीे उपाध्यक्ष रसुमिला श्रेष्ठले उपलब्ध गराएकी हुन ।

आश्रममा बस्ने दाजुभाई दिदी बैनि र बालबालिकाहरुलाई नयाँ वर्षको उपलक्ष्य बागलुङको दिदी बैनी मार्फत सहयोग हस्तान्तरण गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठ नयाँ विश्वलाई बताइन ।बागलुङ महिला समाज कल्याण केन्द्रकी कार्य समिति सदस्य लक्ष्मी श्रेष्ठले समेत आश्रमलाई खाद्यान्न सहयोग गरेकी छिन ।

कार्यक्रममा बागलुङ महिला समाज कल्याण केन्दकी अध्यक्ष कुमारी श्रेष्ठ , मानव सेवा आश्रमकी सदस्य सुनीता श्रेष्ठ र संचालिका सुमिरा लामाले मन्तव्य व्यक्त गरेकी थिइन ।

कार्यक्रमको संचालन बागलुङ महिला समाजकी सचिव जुनु श्रेष्ठले गरेकी थिइन ।अहिले आश्रममा ४२ जनाले आश्रय लिइरहेका छन जस्मा ७ जना बालबालिकाहरु छन ।

घरबार विहिन र सडक पेटिमा बस्ने व्यक्तिहरुलाई आवास सहितको सुविधा दिने उद्देश्यले विसं २०७३ साल चैत्र २१ गतेदेखि मानव आश्रम संचालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्