४ जेष्ठ २०८१, शुक्रबार

 

पहिलो लटमा यूएईबाट १६८ नेपाली

लकडाउनका कारण यूएईमा रोकिएका १६८ नेपाली शुक्रबार काठमाडौं आइपुगेका छन् । नेपाली लिएर आएको एयर अरेबियाको जहाज शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

विमानस्थल कार्यालयका अनुसार आउनेमा एक बच्चासहित १६८ जना छन् । सोही विमानमा यूएईमा निधन भएका एक नेपालीको शव पनि ल्याइएको छ।

शुक्रबारै म्यानमार एयर फोर्सको जहाजले पनि २६ नेपालीलाई काठमाडौं ल्याइदिएको थियो । काठमाडौं आइपुगेकाहरूलाई नेपाली सेनाले व्यवस्थापन गरेका होल्डिङ सेन्टरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्