४ जेष्ठ २०८१, शुक्रबार

 

ओमनबाट फर्कनेलाई सरकारले तोकेभन्दा २५ हजार भाडा सस्तो

ओमनस्थित नेपाली दूतावासले त्यहाँ अलपत्र परेका नेपाली नागरिकलाई सरकारले तोकेको भाडादरभन्दा २५ हजार रुपैयाँ सस्तोमा नेपाल पठाउने भएको छ । दूतावासले एक सूचना जारी गर्दै नेपाल फर्कन चाहनेका लागि भाडादर ११५ ओमनी रियल ९करिब ३६ हजार रुपैयाँ० तोकेको छ।

‘दूतावासमा विभिन्न माध्यमबाट नाम टिपाउनुभएकामध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन १५ मा सलाम एअरमार्फत हुने गरी तय भएको छ। जसको शुल्क १ सय १५ ओमनी रियल तोकिएको छ,’ सूचनामा उल्लेख छ ।

कोरोना महामारीबीच सरकारले विभिन्न देशबाट उद्धार उडानमार्फत स्वदेश आउनेका लागि भाडा तोकेको छ। जसमा ओमनका लागि ५ सय १० अमेरिकी डलर अर्थात् करिब ६१ हजार रुपैयाँ तोकिएको छ।

ओमनबाट नेपाल आउन चाहनेका लागि दूतावासले सात दिनभित्रको कोरोनाको पिसिआर विधिबाट गरिएको परीक्षण रिपोर्ट पेस गर्न भनेको छ। नेगेटिभ नतिजा आएकाहरू नेपाल आएपछि सिधै होम क्वारेन्टाइनमा जान सक्नेछन् ।

सरकारले कोरोना भाइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका र स्वदेश आउन चाहने नेपालीलाई उद्धार गर्ने जनाएको छ । सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ।

एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाउनेछैनन् । सकारले नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्