४ जेष्ठ २०८१, शुक्रबार

 

स्वदेश फर्कने नेपालीलाई हवाई भाडा थप घटाइँदै

स्वदेश फर्किने नेपालीसँग महँगो भाडा लिएको भन्दै चर्को आलोचना भएपछि सरकारले चार्टर उडानको भाडा थप घटाउने भएको छ । शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर हवाई भाडादर पुनरावलोकनका लागि आग्रह गरेका थिए ।

यो आग्रहपछि निगमले भाडा घटाएको हो । निगमले खाडी मुलुकको हवाई भाडा सय डलरसम्म घटाउने निर्णय भएको जनाएको छ । यस निर्णयबाट विशेष गरी खाडी, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यता हिमालयले भने आन्तरिक छलफलपछि भाडा पुनरावलोकनको निर्णय हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्