४ जेष्ठ २०८१, शुक्रबार

 

साउदी र युएईबाट ३ सय नेपाली फर्किए

रोजगारीका लागि खाडी मुलुक गएका नेपाली नागरिक लकडाउनसँगै फर्किन नपाएर छटपटाएका भएपनि लकडाउन खुलेसँगै सरकारी अनुमतिमा फर्किन थालेका छन् । साउदी अरेविया तथा युएईबाट करिब ३ सय नेपाली शुक्रवार नेपालका आई पुगेका छन् ।

साउदी अरेवियाबाट हिमालय एयरलाइन्स तथा युएईबाट नेपाल एयरलाइन्स मार्फत उनीहरु स्वदेश फर्किन सफल भएका छन् । साउदी अरेवियाको दमामबाट १ सय ५३ नेपाली स्वदेश फर्किएका छन् ।

लकडाउन पश्चात साउदी अरवबाट नेपालका लागि यो पहिलो उद्दार उडान भएको छ । स्थानीय समय अनुसार राती ११ बजे उनीहरु दमामबाट नेपालका लागि उडेका हुन् ।त्यसमध्ये ८ जना महिला सहित १ सय ५३ जना स्वदेश फर्किएको गैर आवासिय नेपाली संघ मध्यपूर्व शाखाले जानकारी गराएको छ ।

यसैगरी युएईबाट १ सय ४८ जना नेपाल फर्किएका छन् । युएईबाट नेपाल फर्काइएका मध्ये १ सय १ जना महिला तथा ४७ जना पुरुष छन् । युएईको उडानमा गर्भवती महिलाहरुलाई प्राथमिकता दिइएको छ ।

यसअगाडी दूतावासले उपलव्ध गराएको नामावली भन्दा फरक व्यक्तिहरुलाई लिएर एयर अरेवियाको जहाज नेपाल आएको थियो । त्यसैले यस अघिको गल्तीलाई सच्चाउदै प्राथमिकता सूचिमा अगाडी रहेकाहरुलाई उद्दार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्