२९ बैशाख २०८२, सोमबार

 

काठेखोलामा पूर्वाधार संरचनाको बिमा गरिने, स्वास्थ्य ,शिक्षा,सडक र कृषिमा जोड

बागलुङको काठेखोला गाउँपालिकाले पूर्वाधार विकासमा ३५ प्रतिशत संरचना निर्माणको कामलाई ५० प्रतिशत पुर्याउँदै तिनको बिमा गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष अमर थापाले यस्तो जानकारी गराएका हुन् ।

दैवी प्रकोपको सिकार बनिरहेका पूर्वाधार संरचनाहरू बिमामा सहभागी गराइँदा तिनको क्षतिपूर्ति दिलाएर पुनर्निर्माणमा सहज हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले आगामी वर्ष पनि गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडकलाई थप स्तरोन्नति गर्दै ग्राभेल, ढलान र कालोपत्रेजस्ता काम प्राथमिकतामा राखेको छ ।

सडकका नयाँ ट्रयाक खोल्ने कामलाई भने निरुत्साहित गरिने जनाइएको छ । गाउँपालिकाले पूर्वाधार विकासका आलावा कृषि, पशुपालन, खानेपानी शिक्षा र रोजगारी सिर्जनाका कामलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४९ करोड २० लाख रुपैयाँको बजेटसमेत सातौं गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिकाले ससर्त अनुदान बढेकाले बजेटको आकार चालू वर्ष केही बढेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung